अपाङ्गता दरबन्दी साधारणमा परिवर्तन नगर्न र नगराउन निर्देशन दिने सम्बन्धमा शिक्षा बिभागमा पेश गरेको पत्र ।
मिति २०७१ माघ ११ गते । १.श्रीमान् महानिर्देशज्यू, शिक्षा मन्त्रालय शिक्षा विभाग सानोठिमी, भक्तपुर । २. श्रीमान् निर्देशकज्यू, शिक्षा विभाग समाहित शिक्षा शाखा सानोठिमी, भक्तपुर । विषयः अपाङ्गता दरबन्दी साधारणमा परिवर्तन नगर्न र नगराउन निर्देशन दिने सम्बन्धमा । उपर्युक्त सम्बन्धमा नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभागबाट विभिन्न समयमा अपाङ्गता भएका व्यक्तिहरुको लागि राहत (शारीरिक, दृष्टिबिहीन र बहिरा) दरबन्दीमा अपाङ्गता भएका व्यक्तिहरुले कार्य गर्दै आएको विधितै छ । हालै भएको शिक्षक सेवा आयोगको परिक्षाको नतिजा प्रकाशन पश्चात शिक्षाकहरु पदस्थापन गर्ने क्रममा बैकल्पीक वा रोस्टरका उमेदवारलाई व्यवस्थापन गर्ने भनी उक्त दरबन्दीलाइ साधारणमा परिवर्तन गरी अपाङ्गता नभएको व्यक्तिलाई नियुक्ती गरेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा जानकारी आएको हुँदा मोरंग जिल्ला शिक्षा कार्यालयमा गई बैठक गर्दा सो सम्बन्धमा मोरगं जिल्ला शिक्षा अधिकारीले माथीको परिपत्रले गर्दा अपाङ्गता दरबन्दीमा अपाङ्गता भएका व्यक्तिलाई विज्ञापन गरी नियुक्ती गर्न अफ्ठ्यारो भए...