Posts

Showing posts from October 27, 2019

हिजो मलाई मन दुखेको कुरा भनेर भनेको थिए जुन कुराको बारेमा बिस्तृत आज लेख्दै छु एकैछिन ध्यान दिएर पढेर प्रतिकृया दिनुहोला नपढी प्रतिकृया नदिनुहोला ।

Image
#Shudarson @Shudarson हिजो मलाई मन दुखेको कुरा भनेर भनेको थिए जुन कुराको बारेमा बिस्तृत आज लेख्दै छु एकैछिन ध्यान दिएर पढेर प्रतिकृया दिनुहोला नपढी प्रतिकृया नदिनुहोला । ‍ =================================================== भृकुटीमन्डप पुरानो वसपार्क ढुडिखेल आसपास सवै भन्दा बढी मानिस आवत गर्ने ठाउ हो भन्ने   वारेमा कसैको दुईमत नहोला । यसका अलावा यो क्षेत्रमा शिक्षण संस्था खुला स्थान र राष्ट्रिय अपांग महासंघ नेपाल अन्य अपांगता क्षेत्रका कार्यालय भएको हुदा दिनहु अपांगता भएका व्यक्तिहरुको उल्लेख्य आवत जावत हुने स्थानका रुपमा यो स्थान परिचित छ । तर बिगतमा   यहाँ आउने अपांगता भएका ब्यक्तिमात्र होईन साङ्ग ब्यक्तिहरुलाई पनि सार्वजनिक शौचालय नभएर निकै असुबिधा भएको थियो । यो समस्या समाधान गर्न पर्यटन बोर्डको छेवैमा एक शौचालय बनाउने निर्माण भयो । यो शौचालय राष्ट्रिय अपांग महासंघ नेपाल , एआइएन अपांगता कार्यसमुह , एआइएन , सिविएम , वाटरएड , फेयरमेड , फेलेम , करुणा फाउन्डेसन र नेपाल अपांग महिलासंघ लगायतको पहल र सहयोगमा बनेको थियो । यसमा अन्य थुप्र...