हिजो मलाई मन दुखेको कुरा भनेर भनेको थिए जुन कुराको बारेमा बिस्तृत आज लेख्दै छु एकैछिन ध्यान दिएर पढेर प्रतिकृया दिनुहोला नपढी प्रतिकृया नदिनुहोला ।


#Shudarson @Shudarson









हिजो मलाई मन दुखेको कुरा भनेर भनेको थिए जुन कुराको बारेमा बिस्तृत आज लेख्दै छु एकैछिन ध्यान दिएर पढेर प्रतिकृया दिनुहोला नपढी प्रतिकृया नदिनुहोला ।
===================================================
भृकुटीमन्डप पुरानो वसपार्क ढुडिखेल आसपास सवै भन्दा बढी मानिस आवत गर्ने ठाउ हो भन्ने  वारेमा कसैको दुईमत नहोला । यसका अलावा यो क्षेत्रमा शिक्षण संस्था खुला स्थान र राष्ट्रिय अपांग महासंघ नेपाल अन्य अपांगता क्षेत्रका कार्यालय भएको हुदा दिनहु अपांगता भएका व्यक्तिहरुको उल्लेख्य आवत जावत हुने स्थानका रुपमा यो स्थान परिचित छ ।
तर बिगतमा  यहाँ आउने अपांगता भएका ब्यक्तिमात्र होईन साङ्ग ब्यक्तिहरुलाई पनि सार्वजनिक शौचालय नभएर निकै असुबिधा भएको थियो । यो समस्या समाधान गर्न पर्यटन बोर्डको छेवैमा एक शौचालय बनाउने निर्माण भयो । यो शौचालय राष्ट्रिय अपांग महासंघ नेपाल, एआइएन अपांगता कार्यसमुह, एआइएन, सिविएम, वाटरएड, फेयरमेड, फेलेम, करुणा फाउन्डेसन र नेपाल अपांग महिलासंघ लगायतको पहल र सहयोगमा बनेको थियो । यसमा अन्य थुप्रै ब्यक्ति संघ संस्थाको सहभागीता रहेको थियो जुन मेरो सवै स्मरणमा नहुन पनि सक्दछ ।
तर यो शौचालय निर्माण गर्नुको उद्देश्य निम्न रहेको थियो
१.    समान पहुँच सहितको अपांगतामैत्री सर्वजनिक शौचालय हुनेछ ।
२.    अपांगतामैत्री शौचालयको नमुना तयार भइ देशभरिनै यस्तै शौचालय बन्ने एक लहर चल्दछ ।
३.    सरकारलाई भएन भनेर आलोचना गर्ने भन्दा पनी सरकाले लिएको खुला दिसा मुक्त अभियानमा एउटा ईट्टा थपेर भएपनी योगदान हुनेछ ।
४.    भुकम्पबाट अपांगता भएका कम्तिमा पनी ४ जना अपांगता महिलाहरुलाई रोजगार स्वरोजगारको अवसर हुनेछ ।
५.    अपांगता भएका व्यक्तिलाई निशुल्क सेवा दिने ।
जहाँ सार्वजनिक शौचलय बनेको छ सो जग्गा नेपाल सरकारको हो त्यसैले त हामीले गृह मन्त्रालयबाट अनुमति लिएका थियौ सो संरचना निर्माणको लागी । हामी सरकार होइनौ हामी सरकारका सहयोगी हौ । त्यसैले हामीले निर्माण सम्पन्न भएपछी समाज कल्याण परिषदलाई हस्तान्तरण गर्नु पर्थ्यो गरियो ।
तर आज जे देखे मलाई जिन्दगीमा नलागेको दुख लाग्यो । अहिले त्यहा ठेक्का दिईएछ अनि त्यो शौचालय हो कि ?  एक डिपार्डमेन्ट स्टोर वा बहुआयामिक बजार को रुपमा परिवर्तन भई त्यसको रुपरंग नै परिवर्तन भएछ ।
यस्ले मेरो मनमा जन्मेको प्रश्न
·        सरकारले आफै गर्नु पर्ने ठाउमा गैर सरकारी निकाले यस्तो संरचना बनाई यस्ता नमुना कार्य हामी देश भरि गरि सरकारलाई सघाउन सक्छौ भनि हामीले बढाएको हात भविश्यमा के गर्ने ?
·        जस्को नाम पारेर पैसा उठाएर त्यो संरचना बनाईयो त्यहाँ को त्यो संरचना उपभोग गर्ने को हो ? ठेकेदार को हो ? कति रकम उठ्दछ ? त्यो रकम अपांगता सम्वन्धी काल्याणकारी कार्यमा खर्च गरिन्छ कि कतै जम्मा भएको छ कि वा ……. यस्तै यस्तै ?
·        यो बिषयमा समाज कल्याण परिषदले जनता वा सो संरचना वनाउने र गृहमन्त्रालयलाई जानकारी गराउन पर्दछ कि पर्दैन ?
·        कल्याणकारी कार्यकालागी बनाएको संरचना ब्यपार गर्न पाईन्छ ?
·        यही हो शुसासन के यही हो जनताप्रतिको जवाफदेहिता ?
हामी कसरी ठगिएका छौ हामी कसरी राज्यबाट हेपिएका छौ यो एउटा नमुना मात्र हो । यसमा मलाई लाग्दछ राष्ट्रिय अपांग महासंघ नेपालको एक्लै एक्लो प्रयासले मात्र केही हुन सक्दैन महासंघ बोल्न थाल्यो भने महासंघलाई एक्ल्याउने प्रयत्न र झासिकी रानी लक्ष्मिवाई बनाउने खेल खेलिन्छ । तर यस्ता सवालमा जनताप्रति उत्तरदायि बनाउन महासंघले आवाज उठाउन पर्दछ नेतृत्वले नेतृत्व लिन पर्दछ सवैले यसमा साथ दिनु पर्दछ नत्र यस्तै बाहेक अरु केहुन्छ र ? निर्णय तहमा बस्नेले हामीलाई सुशासनको दुहाईदिने जनतालाई अधिकार संगै कर्तव्य पुरा गर भन्ने तर सरकार वा सरकारसंग जोडिएका परिषद जस्ता संस्था जवाफदेही नुहने
यो कुरा बारेमा थप केही फोटाहरु पनी यसै साथ संलग्न छन् पर्यटन बोर्डको छेउमा गएर सवैले नजर लाउन पनी सक्नु हुनेछ ।
यो निर्माण गर्ने बेलामा म पनी स्वयं संलग्न पनि भएको र  हिजो त्यो हालत देख्दा साह्रै मन दुखेर फेसबुकबाट भएपनी यो सवैमा बताउने प्रयास गरे ।
आषा छ यस सवाल संग सम्ववन्धीत सरोकारवालाहरुले ध्यान दिनु हुनेछ ।











Comments

Popular posts from this blog

नवनियुक्त मन्त्रीलाई बधाई तथा अपांगता अधिकार ऐन २०७२ पारित गर्न अनुरोध सहितको भेटघाट कार्यक्रम सम्पन्न ।