नवनियुक्त मन्त्रीलाई बधाई तथा अपांगता अधिकार ऐन २०७२ पारित गर्न अनुरोध सहितको भेटघाट कार्यक्रम सम्पन्न ।



सावन १३ २०७४ काठमन्डौ ।


नवनियुक्त मन्त्रीलाई बधाई तथा अपांगता अधिकार ऐन २०७२ पारित गर्न अनुरोध सहितको भेटघाट कार्यक्रम सम्पन्न ।
क्रान्तिकारी अपांग संघको नेतृत्वमा नेकपा एमाओबादीका तर्फबाट नवनियुक्त महिला बालबालिका तथा समाज कल्याण मन्त्री आषा कोईराला ज्युलाई बधाई तथा कार्यकालको पुर्णसफलताको शुभकामना दिने कार्यक्रम सम्पन्न भयो ।
 सो भेटमा संघका तर्फबाट बधाई तथा शुभकामना दिने क्रममा क्रान्तिकारी अपांगसंघको तर्फबाट सहभागीहुने सवै प्रतिनिधीमन्डलका सदस्यहरुले लामो समय देखी बिधेयकको सवै प्रकृया पुरा भई संसदमा सम्वन्धीत मन्त्रीबाट टेवुल गरि पारित गर्न मात्र बाकि रहेको अवस्थाको अपांगता भएका व्यक्तिहरुको अधिकार ऐन २०७२ लाई छिटो पारित गर्न अनुरोध गरे ।
यसै गरि  महिला वालवालिका तथ समाज कल्याण मन्त्रालयमा हेल्प डेस्क संचालन गर्न र ७ वटै प्रदेशमा अपांगता पुनर्थापना केन्द्र स्थापना गरि व्दन्दबाट प्रभावित अपांगता भएका व्यक्तिहरुसहितका अपांगता भएका व्यक्तिहरुको शारीरिक पुनर्थापना र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए ।
भेटका क्रममा ऐन छिटो भन्दा छिटो पारित नुहुदा अपांगता भएका व्यक्तिहरुका अधिकारहरु संरक्षित हुन नसकेको गैर अपागता (अपांगता नभएका) ब्यक्तिहरुले फाईदा पाउने गरेको, अपांगतामा पनि सवैभन्दा संवेशनशिल अपागताले पहिचान पाउन नसकेको कारणले आफुहरु अन्यायमा परेको जनाएका थिए ।
प्रतिनिधी मन्डलको भनाई सुनिसकेपछी नवनियुक्त महिला बालबालिका तथा समाज कल्याण मन्त्री आषा कोईरालाले  यस बिधेयकलाई मन्त्रालयको पहिलो प्राथमिकतामा राखी छिटो भन्दा छिटो पारित गर्ने / अन्य मागहरुपनि कार्यान्वयनकालगी आवश्यक गृहकार्य गरि पुरा गर्ने भनि आफ्नो प्रतिवद्धता ब्यक्त गर्नु भयो भन्ने कुरा प्रतिनिधीमन्त्रडलका एक सदस्यले वताए ।
सो कार्यक्रममा पुर्व सभासद ईन्द्रमाया गुरुङ क्रान्तिकारी अपांग संघका संयोजक टेकनाथ न्यौपाने क्रान्तिकारी संघ बिधार्थी बिभागका प्रमुख टिकाराम पराजुली जनक्रान्तीका घाईते तथाf अपांग योद्दा संघका केन्द्रिय सदस्य राम कार्की (बिमल) र क्रान्तिकारी अपांग संघका अन्य पदाधिकारी तथा कार्यकर्ता  लागयतको सहभागीता रहेको थियो । 

समाचार श्रोत: टिकाराम पराजुली

Comments