राष्ट्रिय मानव अधिकार आयोगमा पेश गरेको ज्ञापनपत्र ।



मिति :२०७२ फागुन २० गते
माननीय अध्यक्ष ज्यु
राष्ट्रिय मानव अधिकार आयोग
हरिहरभवन पुलचोक ललितपुर
बिषय : अपाङ्गताको सवाललाई बिशेष प्राथमिकता दिने सम्बन्धमा
माननीय अध्यक्ष ज्यु,
अपाङ्गता भएका ब्यक्तिहरुको समुदाय हाम्रो समाजका सवै भन्दा सिमान्तकृत समुदाय हुन भन्ने कुरामा कसैको दुई मत नहोला । देशमा लोकतान्त्रीक गणतन्त्रको स्थापना भईसक्दापनि अपाङ्गता भएका ब्यकतिहरुको सवाल यथा स्थान भन्दा माथी उठ्न सकेको छैन । बहुसंख्यक अपाङ्गता भएका ब्यक्तिहरु शिक्षा स्वास्थ्य रोजगारी सामाजिक सुरक्षाका न्युनतम अधिकार पनि प्रयोग गर्नबाट बन्चित रहेका छन् ।
नेपाल सरकारले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्वन्धी महासन्धी २००६ हस्ताक्षर गरि अनुमोदन गरिकसकेको छ भने अपाङ्गता भएका ब्यक्तिहरुको एशिया प्रशान्त क्षेत्रको दशककालागी जारी गरिएको ईन्चोन रणनीति कार्यान्वयन गर्न मन्त्री स्तरीय प्रतिवद्धता जाहेर गरि सकेको छ । तर यि अन्तर्राष्ट्रिय दस्तावेजहरुलाई कार्यान्वयन गर्न हाल सम्म पनि नेपाल सरकारबाट कुनै ठोस कार्यक्रम सार्वजनिक हुन सकेको छैन ।
राष्ट्रिय मानव अधिकार आयोग सवैको आस्थाको धरोहर भएको हुदा अपाङ्गता भएका ब्यक्तिहरुको आर्थिक सामाजिक र साँस्कृतिक अधिकारका सवाल उठाईदिन हार्दिक अनुरोध सहित निम्न सवालमा आयोगको ध्यान आकृष्ठ गर्दै यो ज्ञापन पत्र पेश गरिएको छ ।
1.   अपाङ्गता भएका ब्यक्तिहरुको मानव अधिकार शिक्षामा सचेतना बृद्धि गर्न अपाङ्गता भएका ब्यक्तिहरुलाई लक्षित गरि  अयोगबाट मानव अधिकार शिक्षा कार्यक्रम संचालन गर्नु पर्ने ।
2.   अपाङ्गता भएका ब्यक्तिहरुको मानव अधिकार प्रवर्धनकालागी आयोगले बार्षिक रुपमा बिशेष कार्यक्रम संचालन गर्नु पर्ने ।
3.   नेपाल सरकारका नाउँमा सर्वोच्च अदालतबाट जारी भएका फैसला कार्यान्वयन गराउन सरकारलाई दवाल दिनु पर्ने ।
4.   अपाङ्गता भएका ब्यक्तिहरुको मानव अधिकारको सवलामा बिशेष अध्ययन प्रतिवेदन तयार गरि राज्यलाई राज्यको दायित्वको सवालमा सिफारिस गर्नु पर्ने ।
5.   आयोगबाट हुने बिभिन्न अध्ययन अनुसन्धानहरुका कार्यमा अपाङ्गता भएका ब्यक्तिहरुको क्षमतालाई पनि प्रयोग गर्न पर्ने ।

सुदर्शन सुवेदी
अध्यक्ष






Comments

Popular posts from this blog

नवनियुक्त मन्त्रीलाई बधाई तथा अपांगता अधिकार ऐन २०७२ पारित गर्न अनुरोध सहितको भेटघाट कार्यक्रम सम्पन्न ।